© 2019 Return to Nepal Initiative 

अथाह सम्भावना छ 
हाम्रो आफ्नै देशमा 

Photo By : Manoj Shrestha 
हाम्रो सहयोग

नेपाल फर्केपछि हामीलाई आइपर्ने समस्याहरुलाई जति सक्दो मिलेर समाधान गर्न एक हामी बिचमा सामुहिक रुपमा सहकार्य गर्न सकिने बलियो टिम तथा सञ्जाल बनाउनु नै हाम्रो पहिलो आवश्यकता हो । यसका लागि हामीले हाम्रा साझा समस्याहरुलाई एक अर्काको सहयोग र अनुभवका आधारमा हल गर्दै जाने तथा अनुभव साटासाट गर्न सकिने पृष्ठभूमि तयार गर्न लागिपरेका छौं ।

हाम्रो टिम

यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि यस वेबसाइटमा अभिलेख बनाएर राख्नेछौं।त्यस पछि फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं । 

आबद्ध हुनुहोस

अहिले हामीहरुले हामीसंग जोडिएर विभिन्न क्षेत्रमा आबद्ध हुन चाहने साथीहरुको विवरण संकलन गरिरहेका छौं। यहाँहरु पनि हामीसंग जोडिएर आफ्नो सिप र अनुभवलाई सदुपयोग गर्दै सामुहिक रुपमा योगदान सक्नुहुनेछ। यसका लागि हामीले  उपलब्ध गराएको फारम भर्नुहुन अनुरोध गर्दछौं।उक्त फारम मार्फत यहाँहरुले  कुनै पनि क्षेत्रमा रहेर हामीसंग आबद्ध हुन तथा हामीलाई सघाउन सक्नुहुनेछ ।