• नेपाल फर्कौं महाअभियान

पर्खी बसे आमा, गाउँ बनाउन आउँदैछौं हामी

नेपालको गाउँ घरका बस्तिहरु आफैमा अद्वितीय छन् । प्राय: गाउँहरुका दुवै तिर साना खोल्साहरू हुन्छन। ति गाउँहरुको बिचमा बग्ने खोल्साहरू पानीको राम्रो श्रोत भएकोले त्यहाँ कुवा वा पधेरो हुने गर्दछ । गाउँका केहि घरहरु मिलेर आफ्नो लागि पानी-पधेरोको व्यवस्था आफै गर्दछन । मैले राम्रैसंग बुझ्ने हुदासम्म मेरो गाउँका कैयौं दर्जन घरहरु मध्ये गाउँकै भाषामा भन्नु पर्दा नजिकै घर भएका र एउटै पानी-पधेरो गर्ने हामी लगभग बिस घर थियौं । अहिले त्यो क्रम घट्दै गएर ५-७ वटा घरमा मात्र सिमित छ । यी मध्ये पनि केहि घरहरु अब फाँट तिर झर्ने तरखर मै भए जस्तो देखिन्छ । अब हामीले केहि सकारात्मक पहल नगर्ने हो भने कैयौं सम्भावनाको बाबजुद पनि गाउँलाइ पुरै रित्याएर शहर वा फाँट तिर झरेर आफ्नो गाउँ पुरै छोड्ने क्रम झन् बढ्ने देखिन्छ । (Click picture to open full article)


#movingback #homevillage #returntonepal

1 view

© 2019 Return to Nepal Initiative