- नेपाल फर्कौं महाअभियान
When I decided to come back home!
As a parent, what is the most scariest thing ever asked by your kid? My story revolves around this. (Click in the link below to watch the full video)
कृषि नेपालको मेरुदण्ड हो, हामीले कृषि क्षेत्रबाट उत्पादन मात्र होइन, यसको बजार ब्यबस्थापन आदि पनि संगसंगै लैजान सक्यौं भने मात्र यो क्षेत्रमा सफल हुन सक्छौं । यसले हामी आफुलाई मात्र सफल बनाउदैन, देशलाई नै कृषिजन्य बस्तुहरुमा आत्मनिर्भर बनाउन सहयोग गर्छ । त्यसैले हामीले देशको कुन ठाउँमा कुन अन्न, फलफुल, तरकारी, आदि राम्रो उत्पादन हुन सक्छ, त्यसलाई हामीले कसरि बजार लिन सक्छौं जस्ता बिषयमा एकदम राम्रो अनुसन्धान गरेर साच्चिकै उदहहरणिय काम गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छौं ।आफ्नै गाउँ ठाउँमा होस् या देशको अन्य ठाउँमा होस्, एकल होस् वा सामुहिक लगानी होस्, कृषि क्षेत्रमा लगानी वा काम गर्न चाहने साथीहरुले हामीलाई
सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
Iदेशमा स्वास्थ्य सेवा राष्ट्रको दायित्व हुनु पर्छ वा कम्तिमा पनि यसलाई व्यापार तथा नाफामुलक बनाएर चरम फाइदा लिने क्षेत्र बनाउनु हुदैन भन्ने बहस भैरहेको बेलामा हामीले स्वास्थ्यमा लगानी कसरि गर्ने, कस्तो प्रकारको स्वास्थ्य सम्बन्धि संस्थाहरु बनाउने भन्ने छलफल गरिरहेका छौं । अहिले राज्यले मात्र देशको पुरै स्वास्थ्य सेवालाई पुरै ब्यबस्थित गर्न र जिम्मा लिन नसकेको बेलामा हामीले गर्ने योगदानले विभिन्न ठाउँमा सर्वशुलभ र स्तरिय स्वास्थ्य सेवा मात्र होइन, देशको स्वास्थ्य सेवा कस्तो प्रकारको हुनु पर्छ भन्ने नमुना बन्ने र हामीलाई पनि काम गर्ने ठाउं बन्ने एउटा राम्रो उदाहरण हुन सक्छ ।साथै नेपालमा भएका एकदम कमै मात्र प्याथोलोजी ल्याबहरु स्तरिय हुनु र ति पनि बढीमा काठमाडौँमा मात्र भएकोले हामीले एउटा राम्रो समुह बनाएर सामुहिक लगानीमा देशका विभिन्न सहरहरुमा उत्कृस्ट डायगनोस्टिक ल्याबहरु बनाउने बारेमा हाम्रो छलफल भरिरहेको छ । साथै राज्यको पहुँच पुग्न नसकेको ठाउँमा अस्पतालहरु बनाउन सकिन्छ कि भन्ने छलफल मै क्रममा छौं ।त्यसैले यहाँहरु मध्ये स्वास्थ्य क्षेत्रमा आबद्ध भएर सानो वा ठुलो लगानी गर्न इच्छुक हुन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं, यो क्षेत्रमा आबद्ध हुन चाहने यहाँ हरुकै छलफल, आइडिया, सोचबाट नै हामीलेमिलेर काम गर्नेछौं ।arwn text and edit me. It's easy.