हाम्रो सहयोग

नेपाल फर्केपछि हामीलाई आइपर्ने समस्याहरुलाई जति सक्दो मिलेर समाधान गर्न एक हामी बिचमा सामुहिक रुपमा सहकार्य गर्न सकिने बलियो टिम तथा सञ्जाल बनाउनु नै हाम्रो पहिलो आवश्यकता हो । यसका लागि हामीले हाम्रा साझा समस्याहरुलाई एक अर्काको सहयोग र अनुभवका आधारमा हल गर्दै जाने तथा अनुभव साटासाट गर्न सकिने पृष्ठभूमि तयार गर्न लागिपरेका छौं । हामी कुनै सामुदायिक तथा ब्यापारिक प्रतिष्ठान होइनौं, त्यसैले हामीहरुको बीचको भेटघाट, सामाजिक सञ्जाल, इमेल संवाद आदिको प्रयोगबाट बलियो संजाल र सम्वादको माध्यम बनाएर हाम्रा चुनौतीहरुलाई सामुहिक रुपमा समाधान गर्दै सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।

     हामीहरुले निम्न लिखित क्षेत्रहरुमा सहयोगको लागि केहि पहल गर्नेछौं, यसका लागि हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।


१) सञ्जाल तथा टिम निर्माण
हामीहरुको यो अभियानमा जोडिन आउनु भएका साथीहरुलाई अभियानको वेबसाइटमा उल्लेख गरेका विभिन्न क्षेत्र अनुसार एकै ठाउँमा राखेर उक्त क्षेत्रमा सामुहिक वा एक्लै लगानी गर्न चाहने साथीहरुको बलियो सञ्जाल निर्माण
गर्नका लागि यहाहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामीलाई सम्पर्क गर्न आउनु भएका तथा हामीसंग आबद्ध हुनु भएका साथीहरुलाई जोडी दिनका लागि प्रयास गर्नेछौं ।


२) छोराछोरीहरुको बिद्धालयका बारेमा परामर्श
नेपाल फर्कनु भन्दा पहिला होस् वा फर्के पछि होस्, हामीहरुको पहिलो चिन्ता शायद आफ्ना छोराछोरीको बिद्धालय शिक्षाको बारेमा नै हो । त्यसैले पहिले फर्किसकेका साथीहरुले पछि फर्किने साथीहरुलाई यसबारेमा आफ्नो अनुभव साटासाट गरेर सहयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास हो । यसका साथै हामीले विभिन्न बिद्धालयको ब्यबस्थापन समितिसंग कुरा गरेर उहाहरु संग गर्न सकिने सहकार्यको सम्भावनाको बारेमा पनि बिस्तारै केहि पाइला चाल्ने योजना बनाएका छौं ।

३) सामुहिक लगानी
हामीहरुको प्रमुख समस्यामध्ये लगानी पनि एक हो, यसका लागि हामी देश फर्केका साथीहरुले आफु आबद्ध हुन चाहेको क्षेत्र अनुसार देश भित्र रहेका वा देश बाहिर रहेर हामीसंगै केहि गर्न चाहने चाहने साथीहरु सम्मिलित सामुहिक लगानी गर्ने योजना बनाएका छौं । यसका लागि हामीले लगानीकर्ताहरुसंग पनि सहकार्य गर्नेछौं । सामुहिक लगानी गर्न चाहने वा एकल वा पारिवारिक लगानी गरेपनि एकअर्काको अनुभव र सिपमा आधारित रहेर
सहकार्य गर्न चाहने साथीहरुले हामीहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।


४) विभिन्न क्षेत्रहरुमा नेपाल सरकारका वर्तमान नियम कानुनहरु सम्बन्धि परामर्श
नेपाल फर्कनू अघि वा नेपाल फर्केपछि नेपालमै बसेर केहि गर्ने मनशाय पश्चात हामीलाई सबैभन्दा गार्हो र झन्झटिलो लाग्ने बिषय नेपालमा केहि व्यबसाय  सुरु गर्दा आइपर्ने कानुनी वा सरकारी कार्यालयमा झेल्नुपर्ने झन्झट हो । यसैले यसका लागि हामीले कुनै उद्धोग दर्ता तथा व्यापार, व्यबसायका लागि प्रचलित नियम, कानुन, आदिको बारेमा सल्लाह,सुझाव तथा परामर्श दिने प्रयास गर्नेछौं ।

© 2019 Return to Nepal Initiative